सुदूरपश्चिम स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटलले प्रायोजन गर्ने <p>कैलाली। धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको एक विधामा माया मेट्रो हस्पिटलले प्रायोजन गर्ने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले १५ पुसमा आयोजना गर्ने कार्यक्रमको स्पेशल अवार्डलाई हस्पिटलले प्रायोजन गर्ने भएको हो।</p> <p>स्पोर्टस् अवार्डमा दिइने ६ वटा विधामध्येको स्पेशल अवार्डको नाम &#39;माया मेट्रो हस्पिटल स्पेशल&#39; अवार्ड हुने भएको छ। विधा प्रायोजनसम्बन्धी सम्झौतापत्रमा माया मेट्रो हस्पिटलका अध्यक्ष धीरेन्द्र सावद र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य शंकर बोहोराले हस्ताक्षर गरे।</p> <p>वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाइफटाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिनेछ। चारवटा विधामा तीन&divide;तीनजनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाइफटाइम एचिभ्मेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ।</p> <p>चारवटा विधाका विजेतालाई नगद २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ। स्पेशल अवार्ड र लाइफटाइम एचिभ्मेन्ट अवार्ड पाउनेलाई नगद १० हजारसहित ट्रफी र मेडल प्रदान गरिने नेपाल खेलकुद पत्रकार मञ्च अध्यक्ष सीताराम ओझाले बताए।</p>
प्रतिक्रिया दिनुहोस्