काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देहीको एक विद्यालयका दुई शिक्षक र व्यवस्थापन समिति अध्यक्षविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

अख्यितारले चार लाख २२ हजार ३८४ रूपैयाँ बिगो मागदाबी गरेर आज हाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यमिक विद्यालय रुपन्देहीका शिक्षकद्वय महमुद आलम र श्रीकान्त दुवे तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जमालुद्दिन खाँविरुद्ध मुद्दा दायर गरेको हो।

आलम विद्यालयका प्रधानाध्यापक समेत हुन् भने दुवे पूर्वप्रधानाध्यापक हुन्।

विद्यालयमा शिक्षक भर्ना र विज्ञान सामाग्री खरिदमा अनियमितता, शिक्षा नियमावलीविपरीत अभिभावक नै नभएकाे व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको र भवन निर्माणको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।

अनुसन्धानका क्रममा विज्ञान सामाग्री खरिदको लागि जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट आर्थिक वर्ष ०७२/०७३ मा प्राप्त  ६ लाख ५० हजार रूपैयाँबाट खरिद गरेका भनिएका विज्ञान सामग्रीमध्ये दुई लाख ८२ हजार ३८४ रूपैयाँको सामाग्री विद्यालयमा नभेटिएको तथा एक लाख ४० हजार रूपैयाँ कसलाई, के, कुन शीर्षकमा भुक्तानी गरियो भन्ने अभिलेख नपाइएको अख्तियारले जनाएको छ।

तत्कालीन विज्ञान शिक्षक आलम, तत्कालीन प्रअ दुवे र व्यवस्थापन समिति अध्यक्ष खाँले ४ लाख २२ हजार ३८४ रूपैयाँ बराबरको सरकारी रकम बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य प्रमाणित भएपछि आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देहीको एक विद्यालयका दुई शिक्षक र व्यवस्थापन समिति अध्यक्षविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

अख्यितारले चार लाख २२ हजार ३८४ रूपैयाँ बिगो मागदाबी गरेर आज हाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यमिक विद्यालय रुपन्देहीका शिक्षकद्वय महमुद आलम र श्रीकान्त दुवे तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जमालुद्दिन खाँविरुद्ध मुद्दा दायर गरेको हो।

आलम विद्यालयका प्रधानाध्यापक समेत हुन् भने दुवे पूर्वप्रधानाध्यापक हुन्।

विद्यालयमा शिक्षक भर्ना र विज्ञान सामाग्री खरिदमा अनियमितता, शिक्षा नियमावलीविपरीत अभिभावक नै नभएकाे व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको र भवन निर्माणको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।

अनुसन्धानका क्रममा विज्ञान सामाग्री खरिदको लागि जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट आर्थिक वर्ष ०७२/०७३ मा प्राप्त  ६ लाख ५० हजार रूपैयाँबाट खरिद गरेका भनिएका विज्ञान सामग्रीमध्ये दुई लाख ८२ हजार ३८४ रूपैयाँको सामाग्री विद्यालयमा नभेटिएको तथा एक लाख ४० हजार रूपैयाँ कसलाई, के, कुन शीर्षकमा भुक्तानी गरियो भन्ने अभिलेख नपाइएको अख्तियारले जनाएको छ।

तत्कालीन विज्ञान शिक्षक आलम, तत्कालीन प्रअ दुवे र व्यवस्थापन समिति अध्यक्ष खाँले ४ लाख २२ हजार ३८४ रूपैयाँ बराबरको सरकारी रकम बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य प्रमाणित भएपछि आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

"> दुई शिक्षक र व्यवस्थापन समिति अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा: Dekhapadhi
दुई शिक्षक र व्यवस्थापन समिति अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देहीको एक विद्यालयका दुई शिक्षक र व्यवस्थापन समिति अध्यक्षविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

अख्यितारले चार लाख २२ हजार ३८४ रूपैयाँ बिगो मागदाबी गरेर आज हाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यमिक विद्यालय रुपन्देहीका शिक्षकद्वय महमुद आलम र श्रीकान्त दुवे तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जमालुद्दिन खाँविरुद्ध मुद्दा दायर गरेको हो।

आलम विद्यालयका प्रधानाध्यापक समेत हुन् भने दुवे पूर्वप्रधानाध्यापक हुन्।

विद्यालयमा शिक्षक भर्ना र विज्ञान सामाग्री खरिदमा अनियमितता, शिक्षा नियमावलीविपरीत अभिभावक नै नभएकाे व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको र भवन निर्माणको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।

अनुसन्धानका क्रममा विज्ञान सामाग्री खरिदको लागि जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट आर्थिक वर्ष ०७२/०७३ मा प्राप्त  ६ लाख ५० हजार रूपैयाँबाट खरिद गरेका भनिएका विज्ञान सामग्रीमध्ये दुई लाख ८२ हजार ३८४ रूपैयाँको सामाग्री विद्यालयमा नभेटिएको तथा एक लाख ४० हजार रूपैयाँ कसलाई, के, कुन शीर्षकमा भुक्तानी गरियो भन्ने अभिलेख नपाइएको अख्तियारले जनाएको छ।

तत्कालीन विज्ञान शिक्षक आलम, तत्कालीन प्रअ दुवे र व्यवस्थापन समिति अध्यक्ष खाँले ४ लाख २२ हजार ३८४ रूपैयाँ बराबरको सरकारी रकम बदनियतसाथ हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य प्रमाणित भएपछि आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्