काठमाडौं । ४ भदौमा आइभरी कोस्टका मार्सेल गुइही (३५) एक किलो ६ ग्राम कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । लाओस–दोहा हुँदै काठमाडौं आइपुगेका उनी यहाँबाट भारततर्फ उड्न लाग्दा चेकजाँचका क्रममा पक्राउ परेका थिए ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले अनुसन्धान अघि बढाएपछि मार्सेल एक देशबाट अर्को देशमा लागूऔषध ओसारपसार गर्ने कार्यमा सक्रिय रहेको खुलेको छ ।

यसअघि ब्यूरोको टोलीले ३ साउनमा पोर्चुगिज नागरिक टीआगो मेन्डीज पिरेइरा (२५) को साथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ‘मेथ एम्फेटामिन’ नामको लागूऔषध बरामद गरेको थियो । एअर इण्डियाको एआई–२१६ नम्बरको उडानबाट भारतको दिल्ली हुँदै जापान जान लागेका उनको साथबाट ४ किलो २०० ग्राम लागू औषध चेकजाँचका क्रममा बरामद भएको थियो ।

उनको साथबाट बरामद भएको लागू औषधको मूल्य अबैध बजारमा चार करोड रुपैयाँभन्दा धेरै पर्छ । नेपालमा बरामद भएको मेथ एम्फेटामिन अहिलेसम्मकै ठूलो परिमाण भएको प्रहरीको भनाइ छ ।

उनीसँगै जाम्बियाली अजयसी स्टयान ओरिमस र नेपाली नागरिक गुणबहादुर जिसीसमेत पक्राउ परेका थिए । प्रहरी हिरासतमा रहेका उनीहरू तीनैजनालाई लागू औषध नियन्त्रण ऐन २०३३ को कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ ।

भयावह अवस्था
लागूऔषध ओसारपसार र बरामदको यो श्रृंखला नयाँ होइन । ४ माघ २०७४ मा काठमाडौंको ठमेलबाट विभिन्न मुलुकहरूमा ओसारपसार गर्न लागिएको १ किलो ९५८ ग्राम कोकिन सहित २८ वर्षीय बोलिभियाली नागरिक फ्रेडी मामानी आन्डीआ र थाई नागरिक खुआन्जाइ खनारट पक्राउ परेका थिए ।

कालो सुटकेशमा लुकाएर अन्यत्र पठाउने तयारी भइरहेका बेला प्रहरीले छापा मारेर यो लागूऔषध बरामद गरेको थियो । उनीहरु दुवैजना पुर्पक्षका लागि कारागारमा छन् ।

७ असोज २०७४ मा ठमेल क्षेत्रबाटै २ किलो ७०० ग्राम कोकिन सहित बोलिभियाली नागरिक एन्ज लुपेज एधेमार र भारतीय नागरिक क्यूमार जहानलाई लागू औषध नियन्त्रण ब्यूरोले पक्राउ गर्‍यो । उनीहरु दुवैजना बोलिभिया–ब्राजिल–इथोपिया–दुवइ रुट भएर नेपाल आइपुगेका थिए । लागूऔषध कारोबार गरेको अभियोगमा दुवैजना अहिले पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

२६ साउन २०७३ मा काठमाडौंमै ३ किलो ५४ ग्राम कोकिन सहित पक्राउ परेका बोलिभियाली नागरिक रोसी ग्युडेय र थाइ नागरिक वार्‍यानना क्युपिकुल पनि बोलिभिया–ब्राजिल–इथोपिया–भारतको रूट हुँदै नेपाल आएका थिए । उनीहरू काठमाडौंबाट मलेसिया र दुबई जाने योजनामा थिए ।

लागू औषध ओसारपसारमा भारतीय नागरिक समेत छन् । भारतका रोज कासुङ (२३) र बोलिभियन नागरिक टेओडोभिच गोन्वाल्स पाओला ७ भदौ २०७३ मा ३ किलो १२५ ग्राम कोकिन सहित पक्राउ परे । बोलिभियाबाट ब्राजिल–इथोपिया–भारत हुँदै नेपाल आइपुगेका उनीहरूलाई लागू औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको थियो ।

नेपालमा हुने आपराधिक क्रियाकलापमा विदेशी नागरिकको संलग्नता बढ्दै गइरहेका बेला लागूऔषध कारोबारमा समेत त्यो संख्या उल्लेख्य रहेको यी घटनाक्रमले देखाउँछन् ।

टीआगो मेन्डीज पिरेइराकाे साथबाट बरामद भएको लागू औषध । तस्वीर: लागू औषध नियन्त्रण ब्यूरो

विभिन्न मुलुकको रूट प्रयोग गरेर नेपाल आउने र यहाँबाट लागूऔषध कारोबार गर्न अन्य मुलुक जाने गरेको प्रहरी अनुसन्धानले देखाउँछ । लागू औषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामा लागू औषधको प्रयोगकर्ता पनि बढिरहेको बताउँछन् ।

एसएसपी लामाका भनाइमा सबभन्दा धेरै औषधिजन्य लागू औषधको प्रयोग बर्सेनि दोब्बर परिमाणले बढिरहेको छ । “विदेशी नागरिक पनि महंगो र हानिकारक लागू औषधसहित पक्राउ पर्ने क्रम बढ्दो छ”, एसएसपी लामाले भने, “उनीहरू विभिन्न मुलुकबाट कोकिन, आईसीई, हेरोइन, मेथ एम्फेटामिन लगायतका लागू औषध सहित आउँछन् । नेपालबाट अन्य देशमा जाने क्रममा पक्राउ पर्छन् ।”

१ असोजमा मात्र प्लाष्टिकका बाल्टिनभित्र चामल र पिठोमा लुकाएर ल्याइएको ठूलो परिमाणको लागूऔषध प्रहरीले बरामद गर्‍यो । त्यसमा संलग्न रहेका तीनजना भारतीय नागरिक पक्राउ परे । उनीहरुले लागू औषध काठमाडौंसम्म पुर्‍याउन बीआर ३० पी ८६०७ नम्बरको गाडी नै किनेका थिए ।

प्रहरीका अनुसार काठमाडौं ल्याइपुर्‍याएको लागूऔषध यहीँ बिक्री गर्ने उनीहरूको योजना थियो । रोचक के छ भने उनीहरूले यो काम लामो समयदेखि गर्दै आएका थिए । पछिल्लो पटक लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौं महानगरपालिका–३१, शान्तिनगरबाट ३ हजार १ सय २६ एम्पुल लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ३७ वर्षीय राजा कुुणाल, ३२ वर्षीय राजेशकुमार जयसवाल र ३७ वर्षीय अभिषेककुमार जयसवाल लामो समयदेखि लागू औषधको ओसारपसारमा संलग्न रहँदै आएको प्रहरी अभिलेखले देखाउँछ ।
त्यसअघि २७ भदौमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, जम्बु डाँडाबाट एक हजार २०० एम्पुल लागू औषधसहित चारजना पक्राउ परेका थिए । त्यसक्रममा पक्राउ परेका सिराहाका उतिमलाल साह (४२), उदयपुरका सुजेन्द्र लोहनी (३४), काभ्रेका पेमा लामा (२८) र सिराहाका अशोक तामाङ (२८) यसअघि विभिन्न अपराधमा कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । प्रहरी अनुसन्धानले उनीहरू पुनः आपराधिक गतिविधिमा संलग्न भएको देखाउँछ ।

लागूऔषध भित्रिने क्रम बर्सेनि दोब्बर, ५५०० बढी पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोको पछिल्लो तीन वर्षको आंकडाले लागू औषध बरामद हुने क्रम बर्सेनि दोब्बरले बढेको देखाउँछ । यो कसूरमा पक्राउ पर्ने क्रम पनि उकालो लागेको छ । लागूऔषध भित्रिने क्रम बढ्नु भनेको प्रयोगकर्ताको संख्या पनि थपिँदै जानु हो ।

आर्थिक वर्ष २०७३/७४ मा प्रहरीले करिब ५ किलो हेरोइन, १२० किलो अफिम, साढे ४ किलो कोकिन, एक हजार ७७२ किलो चरेश र चार हजार १४९ किलो गाँजा बरामद गरेको थियो ।

त्यस्तै, नियन्त्रित औषधिजन्य लागू औषध अन्तर्गत एकलाख २५ हजार ५१७ ट्याब्लेट, ९३ हजार ५४७ एम्पुल (झोल), कोरेक्स ६५१ र डाईलेक्स २७ बोतल बरामद गरेको थियो । १५९ जना विदेशी नागरिक र तीनहजार ४४८ जना नेपालीलाई पक्राउ गरी मुद्धा चलाइएको थियो ।

२०७४/७५ मा १४९ जना विदेशी र चारहजार ६०५ नेपाली लागूऔषध कारोबारमा पक्राउ परेका छन् । उनीहरुबाट दुई किलो ८०० ग्राम हेराइन, करिब ४० किलो अफिम, चारकिलो ६५८ ग्राम कोकिन, एकहजार ६५९ किलो चरेश र चारहजार २११ किलो गाँजा बरामद गरिएको छ । त्यसक्रममा एकलाख ९४ हजार ६४२ ट्याब्लेट, एकलाख ९७ हजार २६ एम्पुल (झोल लागूऔषध), ४२८ लिटर कोेरेक्स, २० ग्राम मेथ एम्फेटामिन, ११ किलो खात र ४० ग्राम याबा समेत बरामद गरिएको थियो ।

३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो २०० ग्राम मेथ एम्फेटामिनसहित पक्राउ परेका पोर्चुगिज नागरिक २५ वर्षीय टीआगो मेन्डीज पिरेइरा । तस्वीर: लागू औषध नियन्त्रण ब्यूरो

२०७५/०७६ मा पक्राउ परेका २०१ जना विदेशी र पाँचहजार ३५७ नेपालीबाट प्रहरीले ११ किलो हेरोइन, ३१ किलो अफिम, दुई हजार ६५९ किलो चरेश र दश हजार ५६९ किलो गाँजा बरामद गरेको छ । त्यसैगरी, दुई लाख ३८ हजार ७३२ ट्याब्लेट, दुई लाख ८ हजार ६११ एम्पुल (झोल लागूऔषध), कोरेक्स ५१३ लिटर, मेथ एम्फेटामिन १ किलो बरामद भएको छ ।

लागूऔषध बरामद हुने क्रम यसरी बढिरहँदा लागूऔषध प्रयोगकर्ताको संख्या कति छ भन्ने आंकडा भने सरकारसँग छैन । गृह मन्त्रालयले २०६९ सालमा गरेको सर्वेक्षणले देशभर लागूऔषध प्रयोगकर्ताको संख्या एक लाख ४१ हजार ८३४ रहेको देखाएको थियो ।

त्यसयता यो आँकडा अद्यावधिक भएको छैन । विश्वभर लागूऔषध प्रयोगकर्ताको संख्या दुई अर्बभन्दा धेरै रहेको बताइन्छ ।

लागूऔषध खुला सीमाका कारण भारतीय बजारमा सहजै किन्न सकिने र त्यहाँबाट भित्र्याउने गरिन्छ । नियन्त्रित रुपमा उपचारमा प्रयोग हुने लागूऔषधजन्य औषधि समेत खुलेआम बिक्री भइरहेको देखिन्छ । प्रहरीको एक आँकडाअनुसार ८० प्रतिशत लागूऔषध प्रयोगकर्ताले औषधिजन्य लागू औषध सेवन गर्छन् ।

ड्रग्सको दलदलमा फसेका कतिपय मुलुकमा संगठित रुपमै लागू औषधको कारोबार हुने गर्छ । नेपालमा संगठित बिक्रीवितरण र कारोबार नभए पनि अवस्था चुनौतीपूर्ण बनिरहेको छ । “लागूऔषध कारोबारीहरू संगठित भइसकेको र व्यापारिक हिसाबले नै कारोबार गरिरहेको अवस्था त होइन”, लागू औषध नियन्त्रण ब्यूरोका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही भन्छन्, “तर बर्सेनि बढिरहेको लागू औषधको प्रयोग र यसका सेवनकर्ताको संख्या हेर्ने हो भने ठूलो चुनौती देखिन्छ ।”

लागू औषध नियन्त्रणमा लामो समय काम गरेका नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआइजी) हेमन्त मल्ल ठकुरी लागू औषधको बढ्दो कारोबार र प्रयोग नेपालमा गम्भीर समस्या बनिसकेको बताउँछन् । ठकुरी भन्छन्, “राज्यका सबै संयन्त्र यसमा चनाखो भएर नलाग्ने हो भने यो चाँडै बिकराल समस्या बन्नेछ ।”

बढ्दो गरिबी, बेरोजगारी र तनावपूर्ण सामाजिक अवस्थाले लागूऔषधको प्रयोग र कारोबार बढाइरहेको ठान्ने उनी युवा पुस्तालाई यसको दलदलबाट जोगाउनु सबभन्दा ठूलो चुनौती बनेको बताउँछन् ।

" /> काठमाडौं । ४ भदौमा आइभरी कोस्टका मार्सेल गुइही (३५) एक किलो ६ ग्राम कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । लाओस–दोहा हुँदै काठमाडौं आइपुगेका उनी यहाँबाट भारततर्फ उड्न लाग्दा चेकजाँचका क्रममा पक्राउ परेका थिए ।

"> अन्तर्राष्ट्रिय ड्रग्स माफियाको चंगुलमा नेपाल !: Dekhapadhi
अन्तर्राष्ट्रिय ड्रग्स माफियाको चंगुलमा नेपाल !

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्