चालक र सहचालक मिलेर अर्का सहचालकलाई कालीगण्डकीमा फालेका थिए
<p>स्याङ्जा। आफ्नै सहचालक साथीलाई घाइते अवस्थामा कालीगण्डकीमा फालेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। </p>
<p>पक्राउ पर्नेमा ट्याक्टरका चालक गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने २७ वर्षीय अमित परियार छन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।</p>
<p>१९ वर्षीय सहचालक गणेश गाहालाई घाइते अवस्थामा कालीगण्डकी नदीमा फालेको आरोपमा यसअघि गल्याङ नगरपालिका–८ बंग्रान्ती बस्ने २१ वर्षीय सुनिल रानालाई पाल्पा प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो।</p>
<p>तीनजनामध्ये परियार लु.अ.अ.फ. १०१२ अस्थायी नम्बरप्लेट भएको ट्याक्टरका चालक थिए भने राना र गाहा सहचालक थिए।</p>
प्रतिक्रिया दिनुहोस्
