पछिल्लो चौबीस घण्टामा १२ स्थानमा आगलागी, साढे ४७ लाखको क्षति <p>काठमाडौँ। पछिल्लो चौबीस घण्टा (आइतबार)मा देशका १२ स्थानमा ठूला आगलागीका घटना भएका छन्। ती आगलागीका घटनाबाट ४७ लाख ५४ हजार रूपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।&nbsp;</p> <p>वि.सं. २०७७ वैशाख १ गते यता देशभर २,२४१ वटा ठूला आगलागीका घटना भएका छन्। ती घटनामा परी ८६ जनाको मृत्यु भएको छ भने ३५० जना घाइते भएका छन्।&nbsp;</p> <p>प्राधिकरणका अनुसार यो वर्ष आगलागीले दुई अर्ब रूपैयाँभन्दा बढीको क्षति गरिसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्