साढे ३७ लाख घुस दिएको आरोपमा खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा <p>काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा विर्तामोड नगरपालिका-६ बस्ने उमानाथ खतिवडाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।&nbsp;</p> <p>दायर गरिएको मुद्दामा उनीसँग साढे ३७ लाख रूपैयाँ बिगो दाबी गरिएको छ।&nbsp;</p> <p>गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप काम गर्नको लागि खतिवडाले पटक-पटक गरी साढे ३७ लाख रूपैयाँ घुस दिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्