यूएईले अप्रिलदेखि व्यावसायिक रूपमा सिनोफर्म उत्पादन गर्ने
<p>काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)ले आगामी अप्रिलदेखि व्यावसायिक रूपमा चिनियाँ भ्याक्सिन सिनोफर्म उत्पादन गर्ने भएको छ। गल्फ फर्मास्युटिकल इन्डस्ट्रीले सिनोफर्म उत्पादन गर्ने भएको हो।</p>
<p>आइतबार भएको सम्झौतामा इमिरेट्समा अवस्थित कम्पनीबाट रास अल खेमाहले हस्ताक्षर गरे। दुई देशबीचको सम्झौता यूएईको राजधानी अबु धावीमा भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
