भोलिबाट चार दिन देशभरका शिक्षण संस्था बन्द गरिने <p>काठमाडौँ। वायु प्रदूषणका कारण भोलिबाट चार दिनका लागि देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।</p> <p>शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो। बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए। त्यसलगत्तै मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकूलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताए।&nbsp;</p> <p>निर्णयअनुसार मङ्गलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गरिने भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्