लागूऔषध सेवन परीक्षण सुरुवात
<p>ललितपुर। होलीलाई सुरक्षित बनाउन ललितपुर जिल्लाको १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले ¥यापिड टेष्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागूऔषध सेवन परीक्षणको सुरुवात गरेको छ।<br />
<br />
आइतबार लागूऔषध सेवन परीक्षण किट प्रयोग गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको थियो। </p>
<p>सवारी साधन जाँचको क्रममा १६ जनालाई नियन्त्रणमा लिनुको साथै ४ सय ३५ जनालाई ट्राफिक कारबाही गरी १ सय ६५ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
