प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाद्वारा ५० लाखको अक्षय कोष स्थापना
<p>काठमाडौं। प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको राष्ट्रिय समितिको बैठकले ५० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ।</p>
<p>परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक कार्यक्रमबीच भर्चुअल रुपमा अक्षय कोषको उद्घाटन गरेका छन्। </p>
<p>नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनहरुमा सहिद, घाइते एवं अपाङ्ग भएका परिवारहरुलाई लक्षित रोजगारीको निम्ति विभिन्न विधाहरुमा तालिम उपलब्ध गराउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको समितिले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
