हात्तीले आक्रमण गर्दा दुई जनाको मृत्यु <p>काठमाडौं। सिन्धुली र धनुषामा हात्तीको आक्रमणमा परी दुई जनाले ज्यान गुमाएका छन्।&nbsp;</p> <p>ज्यान गुमाउनेमा सिन्धुली दुधौली नगरपालिका&ndash;३ का १५ वर्षीय बालक र धनुषाको मिथिला नगरपालिका&ndash;७ बस्ने ८० वर्षीय एक पुरुष रहेका छन्।&nbsp;</p> <p>गाउँ पसेका जंगली हात्ती लखेट्न जाँदा १५ वर्षीय बालकको मृत्यु भएको हो। यस्तै ८० पुरुषको भने जंगली हात्तीले घर भत्काई आक्रमण गर्दा मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्