म्यानमारमा सैनिक शासकको विरोध स्वरुप राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरिने
<p>काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले म्यानमारमा सैनिक सरकारले गरेको हत्या र दमनको विरोध स्वरुप आज प्रदर्शन गर्ने भएको छ। </p>
<p>समाजले आज ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गर्ने भएको हो। </p>
<p>म्यानमार जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई रोक्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने आग्रहसहित प्रदर्शन गर्न लागिएको समाजले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
