कतारमा आप्रवासी कामदारमाथि भएको ज्यादती बन्द गरः एम्नेस्टी इन्टरनेसनल <p>काठमाडौं। एम्नेस्टी इन्टरनेसनलले कतारले आप्रवासी कामदारमाथि गर्दै आएको ज्यादती तथा दुरुपयोग बन्द गर्न आग्रह गरेको छ।&nbsp;</p> <p>विश्वकप फुटबल २०२२ को पूर्वाधार निर्माण गर्ने कार्यमा सहभागी आप्रवासी कामदारको कतारले दुरुपयोग गरेको भन्दै एम्नेस्टी इन्टरनेसनलले उक्त आग्रह गरेको हो।&nbsp;</p> <p>विश्वकप फुटबलका लागि कतारमा पूर्वाधार निर्माण गर्दा हजारै आप्रवासी कामदारको मृत्यु भएको छ। कतारमा मृत्यु हुने दक्षिण एसियाली नागरिकमा भारतपछि दोस्रो ठूलो संख्या नेपालीको रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्