भारतमा १३ केजी अफिम सहित तीन नेपाली पक्राउ <p>काठमाडौं। एक साताको अवधिमा भारतको मोहालीमा अफिमसहित तीन जना नेपाली पक्राउ परेका छन्।&nbsp;</p> <p>पक्राउ पर्नेमा एक जना १४ वर्षे बालक र दुई जना महिला छन्। उनीहरुको साथबाट भारतीय प्रहरीले १३ केजी अफिम बरामद गरेको छ।&nbsp;</p> <p>पक्राउ परेकमा दुई जना महिलामा लक्ष्मी र लिला बुढा रहेको भारतीय मिडियाले जनाएका छन्। उनीहरुलाई सिमला जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p>लिलाको झोलामा ५केजी र लक्ष्मीको झोलमा ६ केजी अफिम भेटिएको थियो। १४ वर्षे बालको साथबाट २ केजी अफिम प्रहरीले बरामद गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्