पछिल्लो चौबीस घण्टामा आगलागीका ३४ घटना, दुईको मृत्यु, एक करोडको क्षति <p>काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका ३४ स्थानमा ठूला आगलागीका घटना भएका छन्।&nbsp;<br /> राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार देशभर भएका आगलागीका घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना नै घाइते भएका छन्।&nbsp;<br /> शनिबारको आगलागीबाट देशभर ९८ लाख ४७ हजार ६०० रुपैयाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। ती घटनामा आठ चौपाया मरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्