जलवायु चर्चाका लागि अमेरिकाले बोलायो रुस र चीनलाई <p>काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो विश्व जलवायु चर्चाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आमन्त्रण गरेका छन्। यो सम्मेलनले अमेरिकालाई जीवाश्म इन्धनबाट हुने जलवायु प्रदूषण कम गर्न मद्दत पुग्ने अपेक्षा बाइडेन प्रशासनले गरेको छ।<br /> अप्रिल २२ र २३ मा आयोजना हुने उक्त सम्मेलनमा शुक्रबार विश्वका ४० देशका नेतालाई आमन्त्रण गरिएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्