अफ्रिकी हात्ती लोप हुने खतरा
<p>काठमाडौं। संसारकै भीमकाय जीवमध्ये एक हात्ती (अफ्रिकी) लोप हुने खतरा बढेको इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयूसीएन)ले बताएको छ। पृथ्वीमा रहेका जीवमध्ये ‘रेड लिस्ट’मा अफ्रिकी हात्ती रहेको आईयूसीएनले बताएको हो।<br />
आईयूसीएनअनुसार, पछिल्लो ५० वर्षमा अफ्रिकी हात्तीको संख्या ६० प्रतिशत घटेको छ। अब धर्तीमा केवल चार लाख १५ हजार अफ्रिकी हात्ती बाँकी छन्। बढ्दो चोरीसिकारीका कारण यो अवस्था आएको हो।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्
