१२ हजार युवालाई स्वरोजगार बनाइने
<p>काठमाडौं। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार युवालाई स्वरोजगार बनाउने भएको छ। कोषले चालु आर्थिक वर्षमा पाँच नयाँ कार्यक्रममार्फत् उक्त संख्यामा युवालाई स्वरोजगार बनाउन लागेको हो।<br />
कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोसी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक करिडोर, काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम तथा तराई–मधेस स्वरोजगार कार्यक्रम सुरु गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकाले जानकारी दिए।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्
