खराब मौसमले दुई दिनेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित
<p>काठमाडौं। खराब मौसमका कारण भिजिबिजिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान दुई दिनदेखि प्रभावित हुन पुगेको छ। शनिबार विहान केही उडान हुन सके पनि दिउँसोदेखि यान्त्रिक पद्धति(आईएफआर)बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।<br />
विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ हवाईसेवा कम्पनीले उडान भर्दै आएका छन्। अन्तर्राष्ट्रियमा तीन नेपाली र ३० कम्पनीले उडान गर्छन्।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्
