सैनिक कल्याणकारी कोषमा ५८ अर्ब
<p>काठमाडौं। सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति ५८ अर्ब रुपैयाँभन्दा बढी हुन पुगेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले पुस मसान्तसम्ममा कोषमा उक्त रकम जम्मा हुन पुगेको जानकारी दिएका हुन्।<br />
२०३२ सालमा संयुक्त राष्ट्र संघ मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत् प्राप्त भएको एक करोड रुपैयाँबाट उक्त कोष स्थापना गरिएको थियो। कोषबाट त्यसका हिताधिकारीलाई मद्दत हुने काम गरिँदै आएको छ।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्
