अझै केही दिन मौसम खराब <p>काठमाडौं। देशका कतिपय जिल्लाका जंगलमा डढेलो लाग्नाले मौसम खराब हुन पुगेको छ। वायुमण्डलमा प्रदूषणका कण जम्मा हुनाले काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो लागेको छ।<br /> देशका अधिकांश स्थानको वायुमण्डल स्थिर रहेकाले केही दिन मौसममा सुधार नआउने मौसमविद् सविना शाक्यले बताएकी छन्। खराब मौसमका कारण आँखा पोल्ने र स्वासप्रस्वासमा समेत समस्या आउन सक्ने भएकाले मास्क लगाउन र सतर्क रहन सरकारले आग्रह गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्