अठ्ठाइस मुद्दाका ४० अभियुक्त पक्राउ
<p>चितवन। डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्षको चैत १० गतेसम्म विभिन्न मुद्दाका ४० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया सुरू गरेको छ । </p>
<p>कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार २८ वटा मुद्दामा उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाइएको हो । </p>
<p>ती मुद्दामा संलग्न रहेकामध्ये १० जना फरार रहेको उनले जानकारी दिए ।वन्यजन्तुसम्बन्धी मुद्दा दुई र वन पैदावारसम्बन्धी २६ मुद्दा दर्ता भएको उनले बताए ।</p>
प्रतिक्रिया दिनुहोस्
