अस्तव्यस्त सरकारी ध्वजावाहक : जहाज १४, उड्छन् ६
विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन् ।’

ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, उड्दैनन् र यहाँ धेरै देखिएका छन् । मैदानभरि छन् । वाइडबडी पनि छन् । तर, जमिनमा छन् । आकाशमा छैनन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए । जुलाई १ मा त्यसो भनेको तीन महिना वित्न लाग्यो,थन्किएका जहाज उडेनन् । बरु उडिरहेका थप थन्किए ।

सुन्दै अचम्म ! निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा । बाँकी सबै प्रधानमन्त्रीले भनेजस्तै ‘जमिनमा छन् ।’

सरकारी ध्वजावाहक जहाज सेवा कम्पनी नेपाल वायुसेवा निगममा व्याप्त बेथितिबारे आजको अन्नपूर्ण पोस्ट्मा समाचार छापिएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्