निर्वाचनसम्बन्धी विधेयकमा गभर्नरले हस्ताक्षर गर्दैगर्दा सांसद पक्राउ
<p>काठमाडाैं। निर्वाचन सम्बन्धी विधेयकमा गर्भनरले हस्ताक्षर गरिरहेका बेला ढोका ढक्ढक्याउन पुगेकी अमेरिकाको जर्जिया राज्यकी सांसद पार्क क्यानन पक्राउ परेकी छन् । </p>
<p>डेमोक्र्याटिक सांसद क्याननलाई गभर्नरको कार्यालय अघिबाट सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । </p>
<p>उनीमाथि प्रदर्शनको योजना बनाएको आरोप लगाइएको छ । गभर्नर ब्रायन केम्पले मतदान सम्बन्धी नयाँ व्यवस्थासहितका कानूनमा हस्ताक्षर गर्दैगर्दा उनले कार्यालयको ढोका ढकढक्याएकी थिइन् ।</p>
प्रतिक्रिया दिनुहोस्
