मोदीको भ्रमणको विरोधमा भएको प्रदर्शनमा चार जनाको मृत्यु
<p>काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा बंगलादेशमा भएको प्रदर्शनमा चार जनाको मृत्यु भएको छ । </p>
<p>चटगाउँमा मोदीको भ्रमणको विरोधमा भएको प्रदर्शनमा प्रहरीसँग भएको हिंसात्मक झडपमा उनीहरुको मृत्यु भएको हो । </p>
<p>झडमा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । मोदी दुई दिने भ्रमणका लागि बंगलादेश पुगेकै दिन शुक्रबारको नमाजपछि राजधानी ढाकाको बैतुल मुकर्रम इलामा प्रदर्शन भएको थियो ।</p>
प्रतिक्रिया दिनुहोस्
