बुधबार देशभर १९ ठाउँमा आगलागी, ७० लाखभन्दा बढीको क्षति
<p>काठमाडौँ। एकै दिन देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ७० लाख ३९ हजार बराबरको क्षति भएको छ। </p>
<p>राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार देशका १९ स्थानमा आगलागी भएको थियो। </p>
<p>सिराहाको अर्नामा गाउँपालिका-३ रामजानकीस्थित न्यू राहुल ज्वेलर्स सुनचाँदी पसलमा आगलागी हुँदा १३ लाख रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
