महोत्तरीको बेपत्ता भएको दम्पतीको शव फेला
<p>काठमाडौं। गत फागुन १० गतेदेखि बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडबाका दम्पतीको शव फेला परेको छ।<br />
खाल्डोमा गाडिएको अवस्थामा मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको शव फेला परेको हो।</p>
<p>शव फेला परेको स्थान घरदेखि करिब साढे तीन किलोमिटर दूरीमा रहेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईले बताए। उनीहरूको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरिसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
