स्वयंसेवक भूमिकामा एनसीसी क्याडेट परिचालन
<p>काठमाडौँ। नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसीससी)द्वारा सञ्चालित अभिमुखीकरण कक्षाबाट प्रशिक्षित क्याडेटहरूलाई उपत्यकाको ट्राफिक व्यवस्थापनमा खटाइएको छ। </p>
<p>उपत्यकाको काठमाडौं र भक्तपुर जिल्लाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एंव व्यवस्थित बनाउने कार्यमा सहयोग पु¥याउने उद्देश्यले उनीहरूलाई खटाइएको नेपाली सेनाले जनाएको छ।</p>
<p>उनीहरूलाई विभिन्न स्थानहरूमा बिहान ८ देखि १० बजेसम्म र बेलुका ३ः३० बजे देखि ६ः३० बजेसम्म परिचालन गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
