देशका २९ वटा केन्द्रमा वर्षा
<p>काठमाडौँ। आज बिहान देशका १९८ वटा वर्षा मापन केन्द्रहरूमध्ये २९ वटामा वर्षा भएको छ। </p>
<p>राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीनवटामा केन्द्रमा ५ मिलिमिटरभन्दा बढी, दुईवटा केन्द्रमा १० मिलिलिटरभन्दा बढी, एउटा केन्द्रमा १५ मिलिलिटरभन्दा बढी वर्षा भएको थियो। </p>
<p>आज बिहान सबैभन्दा बढी वर्षा सोलुखुम्बुको सल्लेरी केन्द्रमा मापन गरिएको थियो। उक्त केन्द्रमा २० मिलिलिटर वर्षा भएको प्राधिकरणले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
