भागरथी बलात्कार र हत्या प्रकरणः दिनेशसँग डीएनए मिल्यो
<p>काठमाडौं। बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्ट र दिनेश भट्टको स्वाब परीक्षण गर्दा डीएनए मिलेको छ।</p>
<p>सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेशकुमार सिंहले भागरथीको शरीरबाट निकालिएको स्वाब र दिनेशको स्वाब राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको प्रतिवेदन आज आएको बताए।</p>
<p>डिएनए मिलेपछि भागरथीको हत्या घटनामा दिनेशको संलग्नताबारे अर्को प्रमाण प्राप्त भएको एसएसपी सिंहले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
