जर्मनीले आर्थिक तथा प्राविधिक सहयताअन्तर्गत नेपालाई एक अर्ब ३७ करोड दिने <p>काठमाडौं। जर्मनीले आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत नेपाललाई एक करोड युरो (करिब १ अर्ब ३७ करोड ६५ लाख रुपैयाँ) अनुदान सहयोग उपलब्ध गराउने भएको छ।&nbsp;</p> <p>उक्त सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा दुई देशका अधिकारीले हस्ताक्षर गरेका छन्।&nbsp;</p> <p>सम्झैतापत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जर्मनीको तर्फबाट जर्मन राजदूत रोल्याण्ड सेफरले हस्ताक्षर गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्