छात्रालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ <p>मकवानपुर। मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।&nbsp;</p> <p>मकवानपुरगढी गाउँपालिका&ndash;३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।</p> <p>तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्