बाघ भागेपछि उच्च सतर्कता <p>बाँके। बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको नरभक्षी पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ ।&nbsp;</p> <p>निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले खोरमा राखिएको बाघ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताए ।&nbsp;</p> <p>पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्म पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न आग्रह गरिएको छ ।&nbsp;</p> <p>चैत ५ गते नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्जसमक्ष बुझाएको थियो ।</p>
प्रतिक्रिया दिनुहोस्