भारतको असममा बीजेपीलाई मत नदिन बुद्धिजीवीको अनुरोध

काठमाडौं। भारतको असममा विधानसभा निर्वाचन हुन दुई दिन बाँकी छ।

४७ सिटका लागि हुने उक्त निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी(बीजेपी)लाई मत नदिन २६ जना लेखक, बुद्धिजीवी तथा शिक्षाविद्ले जनतासँग अपील गरेका छन्।

असमवासीको उन्नत जीवनका लागि पनि बीजेपीलाई मत दिन नहुने उनीहरुको भनाइ छ।

अपील गर्नेहरुमा ख्यातिप्राप्त लेखक–साहित्यकारदेखि विद्वान्चिन्तक, प्रहरीका पूर्वअधिकारी तथा चिकित्सकलगायत रहेका छन्।(बीबीसी)

प्रतिक्रिया दिनुहोस्