प्रहरी समायोजनमा ढिलाइ
<p style="text-align: justify;">काठमाडौं। कार्यविधि र नियमावलीको मस्यौदासमेत पारित नहुँदा प्रहरी कर्मचारीलाई सङ्घीय र प्रदेशमा समायोजन गर्ने कामले गति लिएको छैन।</p>
<p style="text-align: justify;">गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार समायोजनसम्बन्धी नियमावलीको मस्यौदा पारित हुन समय लाग्नेछ, मस्यौदा भने तयार छ।</p>
<p style="text-align: justify;">५५ हजार १४३ जना प्रहरीलाई प्रदेशमा र २४ हजार ४०० जना प्रहरीलाई संघमा समायोजन गर्ने सरकारको तयारी छ। निजामती कर्मचारीहरूको भने समायोजन भइसकेको छ।</p>