प्रदेश १ मा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न <p>काठमाडौँ। सैनिक कल्याणकारी बोर्डको समन्वयमा प्रदेश १ मा &lsquo;भूतपूर्व सैनिक सम्मेलन २०७७&rsquo; सम्पन्न भएको छ।&nbsp;</p> <p>&lsquo;शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार&ndash;आत्म सम्मान तथा समृद्धिको आधार&rsquo; भन्ने मूल नाराका साथ इटहरीस्थित पूर्वी पृतनाको मुख्यालयमा सम्मेलनको आयोजना गरिएको थियो।</p> <p>सम्मेलनमा प्रदेश १ मा बसोबास गर्ने ६,६४३ जना भूतपूर्व सैनिक तथा परिवारको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्