रोहिङ्ग्या शिविरमा आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु
<p>कक्स बजार। दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्नको आगलागीमा कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरूले बताएका छन्।</p>
<p>शव निकालिएको र अन्यको खोजी भइरहेको बताइएको छ। रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविरहरू आगोले डढेर खरानी भएका थिए।</p>
<p>संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय ९युएनएचसिआर०ले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताए।</p>
<p>रासस/एपी</p>
प्रतिक्रिया दिनुहोस्
