म्यान्मारमा छ सयभन्दा बढी प्रदर्शनकारी रिहा <p>याङ्गुन। म्यान्मारमा &lsquo;कू&rsquo;विरोधी प्रदर्शनका छ सयभन्दा बढीलाई बुधबार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले बताएका छन्। यसमध्ये ३६० पुरुष र २६८ महिला छन्।</p> <p>म्यान्मारमा &lsquo;कू&rsquo; भएयताका प्रदर्शनमा २७५ जनाको मृत्यु भएको छ। जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ। प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका थिए।&nbsp;</p> <p>रासस/सिन्ह्वा</p>
प्रतिक्रिया दिनुहोस्