एकै दिन आगलागीबाट एक करोड १० लाखभन्दा बढीको क्षति <p>काठमाडौँ। विभिन्न स्थानमा भएका आगलागीले मंगलबार एक करोड १० लाख २० हजार रूपैयाँको क्षति गरेको छ।&nbsp;</p> <p>राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअनुसार पाँचथरको फालेलुङ्ग गाउँपालिका&ndash;१ स्थित घरमा खोले पकाउने क्रममा आगलागी हुँदा ७७ लाख ९ हजार रूपैयाँ क्षति भएको छ।</p> <p>बाँकेको नरैनापुर गाउँपालिका-६ स्थित ६ घरमा आगलागी हुँदा १२ लाख रूपैयाँ बराबरको क्षति भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्