सिर्जना श्रीपाइली मृत्यु प्रकरण : कारणको खोजीमा प्रहरी <p>काठमाडौं। श्रीमान् विवशसँगै जनकपुरको सर्लाही होटलको ५०२ नम्बर कोठामा बसेकी सिर्जना श्रीपाइली, ३० को मृत्युको कारण खोजीमा प्रहरीले अनुसन्धानलाई केन्द्रित गरेको छ।</p> <p>घटनाको प्राविधिकसँगै &lsquo;डेथ अफ सिन&rsquo;लगायत कोणबाट कारण पत्ता लगाउन अनुसन्धान थालेको धनुषा प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए।</p> <p>सिर्जना आज बिहान मृत फेला परेकी थिइन्। श्रीमान् विवशका अनुसार सिर्जनाले आत्महत्या गरेकी हुन्। घटनालाई प्रहरीले शंकास्पद मानेको छ।</p>
प्रतिक्रिया दिनुहोस्