मानव बेचबिखन मुद्दाका अभियुक्त २८ वर्षपछि पक्राउ
<p>काठमाडौँ। प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दाका एकजना फरार अभियुक्तलाई घटना भएको २८ वर्षपछि पक्राउ गरेको छ। </p>
<p>पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–८ जितपुर बस्ने ६८ वर्षीय रामशरण पण्डित क्षेत्री रहेका छन्। उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। </p>
<p>विभिन्न मिति र समयमा साउदी अरबमा १२ वर्ष तथा नेपालका विभिन्न ठाउँहरूमा उनी लुकिछिपी बसेको प्रहरीको अनुसन्धानमा देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
