शव छेउमा मोबाइल फेला <p>काठमाडौं। घटनास्थलको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मृतक ३० वर्षीया सिर्जना श्रीपाइलीको शव नजिक मोबाइल फेला परेको छ।<br /> पानी जमेको खाल्टोमा टाउको परेको र बाँकी शरीर बाहिर देखिँदा नजिकै मोबाइल फेला परेको हो।</p> <p>घटना शंकास्पद रहेको डीएसपी मिश्रले बताए। उनी र उनका श्रीमान् विश्वास दुई दिनदेखि जनकपुरको रामाचन्द चोकमा रहेको सर्लाही होटल तथा रेस्टुरेन्टमा बस्दै आएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्