अझै उठेन सिर्जनाको शव
<p>काठमाडौं। स्कुटरको लाइसेन्स बनाउन भनेर श्रीमानसँग म्याग्दीबाट जनकपुर आएकी ३० वर्षीया सिर्जना श्रीपाइली मृत फेला परेपनि घटनास्थलबाट शव अझै उठाएको छैन।</p>
<p>जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले सिर्जनाको माइती म्याग्दीबाट आउँदै गरेकाले शव घटनास्थलबाट नउठाएको बताए।</p>
<p>सर्लाही होटल तथा रेस्टुरेन्टको पाँचौं तलाबाट उनले आत्महत्या गरेको श्रीमान् विश्वास श्रीपाइलीले बताएको डीएसपी मिश्रले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
