रंगशालाको ग्यालरी खस्दा दर्शक घाइते, केहीको अवस्था गम्भीर <p>एजेन्सी। भारतको तेलंगनामा एक कबड्डी च्याम्पियनसिपमा रंगशालाको ग्यालरी खण्ड खस्दा दर्शकहरू घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको समाचार एजेन्सीहरूले जनाएका छन्।&nbsp;</p> <p>घटनाबाट खेलाडी र रेफ्रीहरूलाई भने कुनै चोटपटक नलागेको जनाइएको छ।&nbsp;</p> <p>सोमबार भारतको ४७ औं राष्ट्रिय जुनियर कबड्डी च्याम्पियनसिपको उद्घाटन खेलमा दर्शकहरूले खचाखच ग्यालरी खसेको हो।</p>
प्रतिक्रिया दिनुहोस्