काठमाडौँमा मनाइँदै पाकिस्तानको राष्ट्रिय दिवस <p>काठमाडौं। काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा झण्डोत्तोलन गरिएको छ।</p> <p>नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले मार्च २३ मा झण्डोत्तोलन गरेका हुन्। समारोहमा पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको सन्देश पनि पढेर सुनाइएको थियो।</p> <p>उनले १९४० मा गरिएको मुसलमानका लागि आफ्नै घर बनाउने संकल्पको स्मरण गर्दै समृद्ध पाकिस्तान निर्माणको आवश्यकता पनि औंल्याए। समारोहमा नेपाल सरकारले तोकेको सीमामा रहेर अतिथि बोलाइएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्