अमेरिकाको कोलोराडोमा गोली हानेर १० जनाको हत्या <p>बाउल्डर। अमेरिकाको कोलोराडोमा सोमबार खाद्यान्नको सुपरमार्केटमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। मारिनेमा एकजना प्रहरी पनि रहेका छन्।</p> <p>प्रहरीले अमेरिकी इतिहासमा भएका सामूहिक आमहत्याकै यो एउटा वीभत्स हत्या शृंखला रहेको जनाएको छ।&nbsp;</p> <p>एक शंकास्पद घाइते व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ। बाउल्डर काउन्टीका जिल्ला न्यायाधीवक्ता माइकल डाउहार्टीले घटनास्थल डेन्भरबाट ० किलोमिटर उत्तरपश्चिममा रहेको बताए।</p> <p>रासस/एएफपी</p>
प्रतिक्रिया दिनुहोस्