इजरायलमा दुई वर्षभित्र चौथोपटक संसदको चुनाव
<p>जेरुसलेम। इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथोपटक संसदको निर्वाचन मङ्गलबार शुरु भएको छ। संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथोपटक चुनाव हुन लागेको हो।</p>
<p>प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निर्क्योल गर्नेछ। </p>
<p>चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन्। इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथोपटक निर्वाचन हुन लागेको हो। </p>
<p>रासस/एएफपी</p>
प्रतिक्रिया दिनुहोस्
