अफगानिस्तानको हिमपहिरोमा परी दुईजनाको मृत्यु
<p>फैजाबाद। अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान जानुको साथै अन्य दुईजना घाइते भएका प्रान्तीय परिषद्का सदस्य मेहबुब रहमानले बताएका छन्।</p>
<p>यस हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको यस प्राकृतिक प्रकोपमा परी एक पिता र उनकै छोराको मृत्यु भएको छ। त्यसैगरी एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरूले जनाएका छन्। </p>
<p>रासस/सिन्ह्वा</p>
प्रतिक्रिया दिनुहोस्
