इजरायलमा दुई वर्षभित्र चौथो पटक संसदको चुनाव <p>जेरुसलेम। इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन सुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो ।</p> <p>प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ । चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन् ।</p>
प्रतिक्रिया दिनुहोस्