मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु
<p>काठमाडौं। सिरहाको नरहा गाउँपालिका–२ पानबारीमा स.६ प ९१५१ र स.८ प २२५० नम्बरको मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ।</p>
<p>मृत्यु हुनेहरुमा स.६ प ९१५१ नम्बरको मोटरसाइकलका चालक बिष्णुपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय दिपु पासवान र स.८ प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार बस्ने २५ वर्षीय गुरुदेव महतो रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
